लुम्बिनीमा मानव अधिकार उल्लंघनका घटना बढे

नेपालगञ्ज, फागुन ७ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)का अनुसार,लुम्बिनी प्रदेशमा एक वर्षको अवधीमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेका छन् । आईतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरि सन २०२२ मा लुम्बिनी प्रदेशको मानव अधिकारको अवस्था सार्वजनिक गर्दै इन्सेकले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना अघिल्लो बर्ष भन्दा बढेको जनाएको छ । इन्सेकको तथ्यांक अनुसार मानव अधिकार उल्लङ्घन र ज्यादतीका दुई हजार ८४ घटना दर्ता भएका छन् ।

सन २०२१ मानव अधिकार र उल्लङ्घनका एकहजार ७८६ घटना दर्ता भएका थिए । पत्रकार सम्मेलनमा इन्सेकका प्रदेश संयोजक भोला महतले राज्य पक्ष र गैर राज्य पक्षबाट मानव अधिकार उल्लंघन र ज्यादतीका घटना न्यूनीकरणका लागि विभिन्न अभियानहरु सञ्चालन गरिरहेको अवस्थामा यसखालका घटना बढ्नु आफैमा सोचनीय विषय भएको बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका द्वारिका अधिकारी, इन्सेकका सदस्य कृष्णमुरारी भट्ट, बरिष्ठ अधिबक्ता सुनिल श्रेष्ठ, विकास आचार्य, पत्रकार कमल डांगी कमल न्यौपाने, अछरी पोखरेल लगायतले विभिन्न सुझाव दिनुभएको थियो ।