गृह नगरमा गायक कन्हैया सिंहको सम्मान

नेपालगञ्ज, माघ १४ ।  बरिष्ठ गायक कन्हैया सिंह पछिल्लो समय नेपालगञ्जमा हुनुहुन्छ । अमेरिकामा बसोबास गर्दै आएपनि उहाँको सांगितिक यात्रा नेपालमा निरन्तर चलिरहेको छ । कन्हैया शनिबार नेपालगञ्जमा आयोजित घरेलु महोत्सवमा सुनिनुभयो । उहाँले नेपालगञ्ज बजारमा लगायतका गीतहरुद्धारा महोत्सवका सहभागीलाई मनोरञ्जन दिनुभयो ।

यसैबीच गायक कन्हैया सिंहलाई शनिबार नेपालगञ्जमा सम्मान गरिएको छ । गायन तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको खजुराका युवा समाजसेवी गोविन्द खत्रीले जानकारी दिनुभयो ।