आज प्रचण्ड बाँकेमा आउँदै

बाँके,माघ १० । नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटी अधिबेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड आज बाँके आउँदै हुनुहुन्छ ।

माओवादी केन्द्रका नेता तथा खजुरा गाउँपालिकाला अध्यक्ष डम्बर बिक तुफानले खजुरामा पार्टी अध्यक्ष प्रचण्डले पालिका अधिवेशन उद्घाटन तथा भ्रष्टाचार बिरुद्धको खबरदारीसभालाई सम्बोधन सहित सहिद परिवारसंग अन्तर्कृया र जनता नमुना माविमा रहेको सहिद बाटिकाको उद्घाटन गर्ने बताउनु भयो ।

आज दिउसो खजुरा ३ स्थित कालिका मन्दिरको खेलमैदानमा अधिबेशनको उद्घाटन हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रादेशिक महोत्सव समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।