बजेट कार्यान्वयनमा तिनै तहबीच सहकार्य जरुरी–सांसद ढकाल

बाँके,माघ ९ गते । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य तथा नेकपा )एमाले)का केन्द्रीय सदस्य सुर्य ढकालले सङ्घ र प्रदेश सरकारबाट बिनियोजित बजेट सत प्रतिशत खर्च गराउनका लागि सबै तहका जन प्रतिनिधीबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कोहलपुर नगर कमिटीको आयोजनामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सांसद ढकालले बजेटको अक्षरशः कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद ढकालले भन्नुभयो,‘ बिनियोजित बजेट खर्च नभई फिर्ता हुने परिपार्टी अन्त्यका लाति तिनै तहका सरकार र जन प्रतिनिधीबीच सहकार्य जरुरी देखिएको छ । ’

सांसद ढकालले बजेट कार्यान्वयनका लागि प्रत्येक सरकारी कार्यालयका प्रमुख कम्तिमा एकबर्षसम्म सरुवा नहुने ब्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।
सांसद ढकालले आगामी संसद बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गरेका जनताका पीँडाहरु उठाउने र विकासमा साझा अवधारण बनाउन सडक र सदनमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

राप्तीनदीमा तटबन्धन, मध्यवर्ती क्षेत्रमा तारबर, बैजापुर औद्योगिक क्षेत्र निर्माण, चप्परगौडी–घुइयाबारी–सल्यान सडक निर्माण, सिक्टा सिँचाई आयोजना छिटो भन्दा छिटो सम्पन्न गर्ने लगायतका बिभिन्न आयोजनाको काम अघि बढ्ने प्रक्रियामा रहेको बताउनुभयो ।