बाँके,माघ ८ । नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटी अधिबेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने भएको छ ।
माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटीले मंगलबार पत्रकार सम्मेलन गरि माघ १० गते खजुरा ३ स्थित कालिका मन्दिरको खेलमैदानमा अधिबेशनको उद्घाटन हुने जनाएको छ ।
माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटीका अध्यक्ष राजकुमार बिकले पालिका अधिबेशनसंगै भ्रष्टाचार बिरुद्धको खबरदारीसभा समेत हुने बताउनुभयो ।
माओवादी केन्द्रले सभामा बढी भन्दा बढी जनसहभागिताका लागि जिल्लाभर अभियान चलाएको छ ।
माओवादी केन्द्रका नेता तथा खजुरा गाउँपालिकाला अध्यक्ष डम्बर बिक तुफानले खजुरामा पार्टी अध्यक्ष प्रचण्डले सहिद परिवारसंग अन्तर्कृया र जनता नमुना माविमा रहेको सहिद बाटिकाको उद्घाटन गर्ने बताउनु भयो ।
माघ १३ गते सम्म चल्ने अधिबेशनबाट नयाँ नेतृत्व चयन गर्न दुइसय प्रतिनिधि चुनिएको पालिका कमिटीका सचीव धनिराम वलीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा माओवादी नेता पुर्ण सुवेदी,कृष्ण केसी नमुना,तुफान,नरेन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
लोकप्रिय न्यूज । ८ माघ २०८१, मंगलवार १७:३४