बाँके, पुस २३ । बाँकेको खजुरा ४ मा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेश्रो बार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
समितिका अध्यक्ष उज्ववल बिसीको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफान, खानेपानी सरसफाई कार्यालय बाँकेका प्रमुख प्रकाशजंग शाह, वडा अध्यक्ष टेकबहादुर रोकाय, पुर्ब वडाध्यक्ष तिलकवीर सुनार, खानेपानी तथा सरसफाई उपभोक्ता समिति खजुराका अध्यक्ष श्रवणधीर केसी, खजुरा ३ स्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष वेदनिधी प्याकुरेल लगायतले खानेपानी बितरण र सरसफाईको क्षेत्रमा समितिले पु¥याएको योगदानको विषयमा चर्चा गर्नुभयो । पालिका अध्यक्ष विकले समितिले छोटो समयमै खानेपानी धारा बितरण गरि स्वच्छ खानेपानी पु¥याउन योगदान दिएकोमा सह्राना गर्दै पालिकाका तर्फबाट फेरी पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
साधारणसभामा अध्यक्ष बिसीले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्बसम्मत पारित भएको छ । समितिले ६८५ घरधुरीमा हालसम्म खानेपानी धारा बिवरण गरिसकेको छ । खजुरा ४ कार्यक्षेत्र रहेको समितिले बैजनाथ ७ मा समेत खानेपानी धारा बिस्तार सुरु गरेको छ ।
लोकप्रिय न्यूज । २३ पुष २०८१, मंगलवार २०:३४