डिगाउँ टोलमा निबर्तमान मन्त्री खत्रीको सम्मान

नेपालगन्ज,मंसिर २० । लुम्बिनी प्रदेश सरकारका निबर्तमान सामाजिक विकास मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीलाई बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँमा सम्मान गरिएको छ ।

११ नम्बर चोक आसपासका स्थानीय बासिन्दाले प्रदेशसभा सदस्य खत्रीलाई गाउँमै भव्य सम्मान  गरेका हुन । स्थानीय अगुवा निर्मल खनालले खत्रीको पहलमा टोलमा प्रदेश सरकारको बजेटमा अस्फाल्ट पिच सुरु भएको बताउदै टोलबासीले सम्मान गरेको गरेको बताउनुभयो ।

अर्का स्थानीय लोक बहादुर खत्रीले सांसद खत्रीलाई २ किलोमीटर लामो सडकलाई पुर्णताका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

सो अवसरमा खत्रीले खजुरास्थित पेडारी नालामा फराकिलो पुल निर्माणका लागि संघीय भौतिक पुर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयमा आफुले पहल गरिरहेको बताउनुभयो ।