जलन समस्या न्यूनीकरणमा जोड

नेपालगञ्ज, मंसिर १२ । जलन उपचारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । बर्न भायलेन्स सरभाइभर्स (बिभिएस) को आयोजनामा बुधबार नेपालगञ्जमा आयोजित परियोजना बार्षिक प्रगति समीक्षा तथा सुझाव बैठकमा सहभागीहरु नेपालगञ्जको भेरी अस्पताललाई जलनपछिको प्रभावकारी उपचारका लगि सुविधा सम्पन्न वार्ड आवश्यक पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भेरी अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले जलनपछिको सामान्य उपचार मात्रै हुँदै आएको भेरीमा सुविधासम्पन्न विशेष वार्ड हुनुपर्ने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुदिन राईले जलन ठुलो समस्याको रुपमा देखिएको भन्दै यसलाई कम गर्न सचेतनामुलक अभियानलाई गाउँतहसम्म सञ्चालन गर्न सुझाव दिनुभयो ।

विभिएसका प्रतिनिधी सुरेन्द्र कार्कीले जलन न्यूनीकरणसँगै जलन पीडितको जीवनस्तर सुधारका लागि समेत कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।