सिद्धार्थको न्यु एयर इभमा पहिलो पटक प्रकाश दुतराज नेपालगन्जमा आउदै

नेपालगञ्ज, पुस ११ । अंग्रेजी नयाँ बर्ष २०२४ लाई भब्य रुपमा सफल पार्न सिद्धार्थ होटेल नेपालगन्जले साँस्कृतिक कार्यक्रम सहित न्युएयर इभ कार्यक्रमको आयोजना गर्ने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार न्युएयरका अवसरमा सिद्धार्थ होटेल नेपालगन्जमा चर्चित गायक प्रकाश दुतराज सहित स्थानिय कलाकारहरुका बिभिन्न रोचक प्रस्तुती रहनेछ ।

नेपालगन्जबासीलाई न्युएयर इभमा मनोरन्जन प्रदान गर्ने उद्देश्यले काठमान्डौबाट चर्चित गायक दुतराजलाई नेपालगन्जमा ल्याएर सास्कृतिक कार्यक्रम गर्न लागेको सिद्धार्थका पश्चिम क्षेत्र निर्देशक केशब न्यौपानेले जानकारी दिनुभयो । गायक दुतराजका देउरालीमा धजारी मै, घर कता हो बहिनीको , लाहुर जाने रेलैमा भन्ने लगायत एक दर्जन भन्दा बढी गीत निक्कै लोकप्रिय छन ।

साँस्कृतिक कार्यक्रममा स्थानिय ब्यान्ड सहित डिजेको पनि प्रस्तुति रहनेछ । यसैगरी होटेल सिद्धार्थले नयाँ बर्षको अवससरमा आकर्षक छुट सहितका बिभिन्न प्याकेजको ब्यबस्था मिलाएको छ । सिद्धार्थ होटेल नेपालगन्जमै सबैभन्दा धेरै १२५ रुम भएको चारतारे होटेल हो ।

सिद्धार्थ गु्रपले यसैबर्षदेखि भैरहवामा ५ तारेहोटेल संचालनमा ल्याएको छ । गु्रपले नेपालगन्जका अतिरिक्त, लमही, सुर्खेत, चिसापानी , महेन्द्रनगर सहित देशभरका बिभिन्न स्थानमा होटेल ,रिसोट , रेष्टुरेन्ट , क्याफेसहित ३२ वटा आउटलेटहरु संचालन गर्दै आएको छ । निकट भबिश्यमै सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा तारे होटेल सुरु गर्न लागेको छ ।