नेपालगञ्ज, भदौं ६ । बिहिवार नेपालगञ्जमा आयोजना हुने नेकपा एमाले सम्वद्ध नेपाल मुस्लिम ईत्तेहाद संगठनको प्रथम लुम्विनी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । बिहिवार नेपालगञ्जको विपी चोकस्थित सिएसटी होटलमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले अधवेशनको उद्घाटन गनुृहुने भएको छ । ईत्तेहाद संगठनले बुधबार नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरि अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट प्रतिनिधी र पर्यबेक्षक गरि दुईसयजनाको सहभागिता रहने जनाएको छ ।
पत्रकार सम्मेलनमा इत्तेहादका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य सेराज फारुकीले नेपालको राष्ट्रियता बलियो बनाउन मुस्लिम समुदाय सधै सचेत रहँदै आएको बताउनुभयो । संगठनका केन्द्रीय उपाध्यक्ष तथा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुनले सामाजिक सद्भाव अभिवृद्धि र आर्थिक समृद्धिका लागि सम्मेलन ऐतिहासिक हुने दावी गर्नुभयो । संगठनका प्रदेश अध्यक्ष शकील अहमद खानले प्रतिनिधित्वको हिसावले प्रदेशका १२ जिल्लालाई क, ख र ग वर्गमा विभाजन गरिएको जानकारी दिनुभयो । अधिवेशनका लागि प्रतिनिधी र अतिथीहरु नेपालगञ्ज आउनेक्रम सुरु भईसकेको छ ।
लोकप्रिय न्यूज । ६ भाद्र २०८०, बुधबार १९:०९